काठमाडौँ — आइतबार नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ। बिहीबार १३ अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार यो रकम १५ अर्ब ३ करोड रूपैयाँ पुगेको छ।
आज ३३३ वटा धितोपत्रमा ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर किनबेच भएको छ। यसदिन १० कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ।
आज ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र रिज लाइफ इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ। सूर्यकुन्ड हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशत, भुजुङ हाइड्रोपावर ९.९८ प्रतिशत र होटल फरेस्ट इन ९.९७ प्रतिशतले बढेका छन्।
सबैभन्दा मूल्य घट्नेमा युनिक नेपाल लघुवित्त रहेको छ। यस कम्पनीको मूल्य ६.१७ प्रतिशतले घटेर प्रति कित्ता १,८११ रूपैयाँमा झरेको छ। हिमालयन बैंकको बण्डको मूल्य पनि ५.६२ प्रतिशतले घटेर प्रति बण्ड १,१२४.८० रूपैयाँमा सीमित भएको छ।
आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ। यसको ३७७ रूपैयाँमा ७१ करोड ११ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.५३ प्रतिशतले घटेको हो। दोस्रो सर्वाधिक कारोबार भएको कम्पनी ङादी ग्रुप पावर हो, जसको ४६७ रूपैयाँमा ५२ करोड २८ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से पनि घटेको हो। यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ।



