एफ्क्यानको नेतृत्वमा निकोलस पाण्डे: नयाँ कार्यसमिति निर्वाचित

नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को १३औं महाधिवेशनबाट निकोलस पाण्डे अध्यक्षमा निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार पाण्डेले ५१४ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी आङ दोर्जी लामा ले ४१३ मत प्राप्त गरे।

वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी बने। महासचिव पदमा शिवहरि घिमिरे ५२७ मत ल्याउँदै निर्वाचित भए भने उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत पाए।

निर्वाचनमा विभिन्न पदमा कडा प्रतिस्पर्धा देखिएको थियो। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत पदमा दुई समूहबीच प्रतिस्पर्धा भएको थियो।

लामा समूहले सार्वजनिक खरिद ऐन संशोधनलाई मुख्य एजेन्डा बनाएको थियो भने पाण्डे समूहले पनि निर्माण क्षेत्रका समस्या समाधानमा सरकारसँग सक्रिय बहस गर्ने प्रतिबद्धता जनाएको छ।

निर्वाचित अध्यक्ष पाण्डेले निर्माण व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सरकारसँग पहल गर्ने र सार्वजनिक खरिद ऐनका केही दफाहरू खारेज गराउन प्रयास गर्ने बताएका छन्।

पाण्डे विक्रम पाण्डे का छोरा हुन् र कालिका कन्स्ट्रक्सनका निर्देशकसमेत हुन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin