वैदेशिक रोजगारीमा ठगी रोक्न कडाइ : बढी शुल्क असुल्ने म्यानपावरलाई जरिवाना र इजाजत खारेजसम्मको व्यवस्था

काठमाडौँ । वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीहरूले प्रवेशाज्ञा, सेवा शुल्क तथा प्रवर्द्धन खर्चका नाममा तोकिएभन्दा बढी रकम असुल गरे कडा कारबाही हुने व्यवस्था गरिएको छ।

सरकारले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयक” मार्फत वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै यस्तो प्रावधान ल्याएको हो।

नयाँ व्यवस्थाअनुसार निःशुल्क प्राप्त हुने प्रवेशाज्ञाका लागि समेत शुल्क लिएको वा निर्धारितभन्दा बढी रकम उठाएको पुष्टि भएमा उक्त रकम सम्बन्धित पीडित कामदारलाई फिर्ता गराइनेछ।

यसका साथै, यस्तो कार्यमा संलग्न म्यानपावर व्यवसायीलाई पीडित कामदारको संख्याका आधारमा प्रति व्यक्ति ५० हजार रुपैयाँका दरले जरिवाना गरिने व्यवस्था गरिएको छ।

गम्भीर उल्लंघन भएको अवस्थामा सम्बन्धित म्यानपावर कम्पनीको इजाजतपत्रसमेत रद्द गर्न सकिने प्रावधान राखिएको छ।

सरकारले वैदेशिक रोजगारी क्षेत्रमा देखिँदै आएको शुल्क अनियमितता तथा कामदार ठगी नियन्त्रण गर्ने उद्देश्यले उक्त कडाइ लागू गरेको जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin