चैतमा मुद्रास्फीति ४.४७ प्रतिशत, घ्यु–तेल र फलफूलको मूल्यमा उच्च वृद्धि

काठमाडौं — Nepal Rastra Bank का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ। गत वर्षको चैतमा यस्तो मूल्यवृद्धि दर ३.३९ प्रतिशत रहेको थियो।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) को औसत मुद्रास्फीति दर २.३९ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो औसत मूल्यवृद्धि ४.५७ प्रतिशत थियो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फीति औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेलको मूल्य सबैभन्दा धेरै १२.८७ प्रतिशतले बढेको छ। त्यसपछि फलफूलमा ११.६७ प्रतिशत र तरकारीमा ९.१८ प्रतिशतले मूल्य वृद्धि भएको छ।

यद्यपि, केही खाद्य वस्तुको मूल्यमा गिरावट पनि देखिएको छ। दाल तथा गेडागुडीको मूल्य २.७८ प्रतिशतले घटेको छ भने खाद्य तथा खाद्यजन्य पदार्थमा १.६८ प्रतिशत र मरमसलामा १.६४ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १९.९४ प्रतिशतले बढेको छ। यातायातमा १२.३ प्रतिशत, शिक्षामा ७.४६ प्रतिशत, मदिरा तथा पेय पदार्थमा ४.७७ प्रतिशत तथा कपडाजन्य सामग्री र जुत्ताचप्पलमा ४.७३ प्रतिशतले मूल्य वृद्धि भएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin