नेप्सेमा ७९.७४ अंकको उछाल, कारोबार रकम ४ अर्ब ५७ करोड नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७४ अंकले बढेर २,६७७.५४ विन्दुमा पुगेको छ। बजारमा सूचकसँगै कारोबार रकममा पनि सामान्य वृद्धि देखिएको छ।

यस दिन ३३५ वटा धितोपत्रका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो।

आज कारोबारमा सहभागी २५९ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।

सबैभन्दा बढी श्रीनगर एग्रिटेकको सेयरमूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ९६३ रुपैयाँ ७० पैसा पुगेको छ। त्यसपछि सूर्यकुण्ड हाइड्रोको सेयर १४.८३ प्रतिशतले बढ्दै प्रतिकित्ता १,००४ रुपैयाँ कायम भएको छ।

यता, आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १५ प्रतिशतले घटेर प्रतिकित्ता ६,१२० रुपैयाँमा झरेको छ। फर्स्ट माइक्रोफाइनान्सको सेयर पनि ८.७२ प्रतिशतले घट्दै ७८५ रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रह्यो। कम्पनीको प्रतिकित्ता ३६३ रुपैयाँका दरले २२ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७.७२ प्रतिशतले बढेको हो।

दोस्रो धेरै कारोबार कर्पोरेट डेभलपमेन्ट बैंकको भएको छ। कम्पनीको प्रतिकित्ता १,५३० रुपैयाँका दरले १७ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूह मात्रै ओरालो लागेको छ भने बाँकी १२ समूह हरियालीमा बन्द भएका छन्। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६० प्रतिशतले बढेर अग्रणी बनेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin