काठमाडौं — नेपाली बजारमा सुन–चाँदीको मूल्य बुधबार पनि बढेको छ। सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ८० रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा चाँदी १ सय १० रुपैयाँले बढेको हो।
मुख्य बुँदाहरू:
- सुनको मूल्य बुधबार ५ हजार ४ सय रुपैयाँले वृद्धि।
- सुनको नयाँ मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ।
- मंगलबार सुन २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
- चाँदीको मूल्य १ सय १० रुपैयाँ बढेर ४ हजार ४ सय ८० रुपैयाँ पुगेको।
- अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



