सुनको मूल्यमा फेरि उछाल, एकैदिन तोलामा ८ हजार रुपैयाँ वृद्धि

नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। बुधबार तोलामा ४,२०० रुपैयाँ बढेको सुनको भाउ आज थप ८,००० रुपैयाँले उकालो लागेको हो।

Federation of Nepal Gold and Silver Dealers’ Associationका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ४,४७५ रुपैयाँ रहेको चाँदी बिहीबार ४,५७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ९५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४,२५९ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ, जसको प्रभाव स्थानीय बजारमा पनि परेको देखिएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin