रसुवा बाढी प्रभावित नेपाललाई आवश्यक सबै सहयोग गर्न अमेरिका तयार : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढीबाट प्रभावित नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।

फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले नेपालसँग अमेरिकाको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै आवश्यक सबै प्रकारको सहायता उपलब्ध गराउन तयार रहेको बताएका हुन्।

‘नेपालसँग हाम्रो सम्बन्ध राम्रो छ। जस्तोसुकै सहयोगका लागि हामी तयार छौं,’ उनले भने।

नेपालमा आएको बाढीलाई उनले अत्यन्तै विनाशकारी प्राकृतिक विपत्ति भएको बताएका छन्। लेदोसहितको बाढीले शक्तिशाली भवनहरू समेत बगाएको उनको भनाइ छ।

‘बाढी ध्वंसात्मक थियो। यस्तो विपत्ति अहिलेसम्म कसैले देखेको थिएन। लेदोसहितको बाढीले शक्तिशाली भवनहरू पनि टुथपिकजसरी बगाएको छ,’ ट्रम्पले भनेका छन्।

ट्रम्पका अनुसार बाढीको घटनामा ५० देखि ६० जना अमेरिकी नागरिकसमेत परेको जानकारी प्राप्त भएको छ। यद्यपि उनीहरूको विस्तृत सूची भने अहिलेसम्म प्राप्त नभएको उनले बताएका छन्।

‘हामी सहायता पठाउँदै छौं। नेपालका नेताहरूसँग कुरा गर्नेछौं। उनीहरूलाई जे सहायता आवश्यक पर्छ, त्यो दिन हामी तयार छौं,’ उनले भने।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin