शंकर ग्रुपद्वारा विपद् प्रभावितका लागि ४ करोड सहयोग

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ।

शंकर ग्रुपका निर्देशक दीपा अग्रवालसहित वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

नगद सहयोगबाहेक ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित परिवारका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्ट उपलब्ध गराएको जनाएको छ।

विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै ग्रुपले उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी संयन्त्रप्रति आभार व्यक्त गरेको छ।

राष्ट्रिय संकटको घडीमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व भएको जनाउँदै शंकर ग्रुपले आगामी दिनमा पनि यस्ता विपद्का समयमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin