काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। लगातार घटिरहेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यससँगै पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ४ सय रुपैयाँले घटेको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँ घटेर ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय ३३.१२ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।



