काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको छ।
बजार बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।
यसदिन ३३९ वटा धितोपत्रको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये १७७ वटाको सेयर मूल्य बढेको, ८५ वटाको घटेको र १६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
धैलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १२.४३ प्रतिशत बढेर प्रतिकित्ता १ हजार २४८ रुपैयाँ पुगेको छ। नारायणी डेभलपमेन्ट बैंकको मूल्य पनि ६.४४ प्रतिशत बढेर ७९३ रुपैयाँ पुगेको छ।
यता हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य सर्वाधिक २.९७ प्रतिशत घटेर ५८८ रुपैयाँमा झरेको छ। सानिमा लार्ज क्याप फन्डको मूल्य २.९५ प्रतिशत घटेर प्रतिइकाइ ९ रुपैयाँ २० पैसा कायम भएको छ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको २७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ समूहगत परिसूचकमध्ये लगानी र अन्य समूह घटेका छन् भने बाँकी ११ समूह बढेका छन्। जीवन बीमा समूह सर्वाधिक १.०८ प्रतिशत बढेको छ।



