अष्ट्रेलिया जान चाहनेलाई झट्का: ट्रेनिङ भिसामा कडा नियम, अब आवेदन दिनुअघि नै ‘अप्रुभल’ चाहिने

australia visa strict

अष्ट्रेलिया सरकारले मार्च २०२६ देखि लागू हुने गरी ‘ट्रेनिङ भिसा (सबक्लास ४०७)’ को आवेदन प्रक्रियामा ठूलो परिवर्तन गरेको छ। नयाँ नियम अनुसार, अब आवेदकले भिसाका लागि फाइल पेस गर्नुभन्दा पहिले नै आफ्नो स्पोन्सर (Sponsor) र नोमिनेसन (Nomination) स्वीकृत भइसकेको हुनुपर्नेछ। यदि यी दुई प्रक्रिया पूरा नभई आवेदन दिएमा, उक्त आवेदन सिधै रद्द हुने व्यवस्था गरिएको छ।

यसअघि स्पोन्सरसिप र नोमिनेसन प्रक्रियामा रहेको अवस्थामा पनि भिसा आवेदन दिन सकिने सुविधा थियो। तर नयाँ नीतिले अष्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थी र कामदारहरूका लागि प्रक्रियालाई थप लामो र झन्झटिलो बनाइदिएको छ।

अस्थायी बसोबास र शोषण रोक्ने लक्ष्य

अष्ट्रेलियाली सरकारले विदेशी कामदारहरूको शोषण रोक्न र देशमा बढ्दो अस्थायी बसोबासलाई नियन्त्रण गर्न यो कडा कदम चालेको बताएको छ। ट्रेनिङ भिसाको दुरुपयोग गरी लामो समयसम्म बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ‘अप्रुभल’ पछि मात्र आवेदन दिन पाउने नियम ल्याइएको हो।

यस परिवर्तनले गर्दा अब आवेदकहरूले पहिलेभन्दा बढी समय कुर्नुपर्ने र कागजी प्रक्रियामा निकै सजग हुनुपर्ने देखिएको छ। मार्च २०२६ पछि आवेदन दिने सबैले यो नयाँ नियम पालना गर्नुपर्नेछ, अन्यथा भिसा शुल्क र समय दुवै खेर जाने जोखिम रहनेछ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card