दुई दिनमै १४ हजारले उकालो: सुनचाँदीको भाउमा तीव्र वृद्धि

नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ।

मंगलबार प्रतितोला ६ हजार ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप ७ हजार ४ सय रुपैयाँले बढ्दै दुई दिनमै कुल १४ हजार १ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार भने सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ६ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin