ललितपुर महानगरद्वारा ‘वातावरण भ्यान’ सञ्चालनमा, अनुगमन र कारबाही सशक्त बनाइने

ललितपुर — ललितपुर महानगरपालिका ले बिहीबार ‘वातावरण भ्यान’ को शुभारम्भ गरेको छ।

कार्यक्रमको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जन ले गरेका हुन्।

वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको उक्त भ्यानमार्फत् महानगर क्षेत्रभित्र अनुगमन र कारबाहीलाई थप सुदृढ बनाइने जनाइएको छ।

यस अभियानमा वातावरण प्रहरीको सक्रिय भूमिका रहनेछ। उनीहरूले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सवारीसाधन र उद्योगहरूको अनुगमन गर्नेछन्।

साथै, जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने तथा रूखबिरुवा क्षति पुर्‍याउने कार्यमा कडाइका साथ कारबाही गरिनेछ।

महानगरका नगर प्रहरी प्रमुख सताराम हाछेथुले यस पहलले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin