सुन स्थिर, चाँदी बढ्यो: नेपाली बजारमा शुक्रबारको मूल्य अपडेट

नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ, जुन बिहीबारकै मूल्य हो।

बिहीबार सुनको भाउ प्रतितोला ३ हजार ६ सय रूपैयाँले घटेको थियो, तर शुक्रबार भने कुनै परिवर्तन भएन।

यता चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला ४ हजार ७८० रूपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३० रूपैयाँ पुगेको छ।

यससँगै चाँदीको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँले वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४,६७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin