शनिबार–आइतबार बिदा, बैंक समय फेरियो

नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ।

मानव संशाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ। यो व्यवस्था २०८२ चैत २३ गतेदेखि लागू हुनेछ।

नयाँ व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछन्। सर्वसाधारणका लागि बैंकिङ सेवा भने बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ।

केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि आन्तरिक रूपमा नयाँ तालिका लागू गर्न थालेका छन्। कर्मचारीहरूलाई बिहान ८:४५ बजेसम्म कार्यस्थलमा उपस्थित हुन निर्देशन दिइएको छ, ताकि सेवा समयमै सुरु गर्न सकियोस्।

सरकारले इन्धन खपत घटाउने लक्ष्यसहित सेवा समयलाई व्यवस्थित गरेको जनाएको छ।

यस्तै, जाडो याम (कात्तिक १६ देखि माघ १५) मा कार्यालय समय थप परिवर्तन हुनेछ। उक्त अवधिमा कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सीमित रहनेछ।

यसअघि बैंकहरू आइतबारदेखि बिहीबार बिहान १० देखि साँझ ५ बजेसम्म र शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म खुला रहने व्यवस्था थियो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin