काठमाडौं — नेपाल राष्ट्र बैंक ले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको मूल्यमा गिरावट आएको हो।
यस्तै, युरो, पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क लगायत प्रमुख मुद्राहरूको विनिमयदर पनि निर्धारण गरिएको छ। अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरका दरसमेत सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ।
एशियाली मुद्रातर्फ जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल लगायतका विनिमयदर पनि तय गरिएको छ। त्यस्तै, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट र दक्षिण कोरियाली वनको दर पनि अद्यावधिक गरिएको छ।
राष्ट्र बैंकले विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।



