सुन–चाँदीको मूल्यमा गिरावट, प्रतितोला ३ हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन–चाँदीको मूल्य उल्लेखनीय रूपमा घटेको छ। केही दिनको वृद्धि पछि बजारमा पुनः गिरावट देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कायम भएको छ। बिहीबार प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन ३ हजार रुपैयाँले घटेको हो। बुधबार भने सुनको मूल्य सामान्य रूपमा १ सय रुपैयाँले बढेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १ सय ३० रुपैयाँमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय २० रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उतारचढावकै क्रममा रहेको छ। आज सुन प्रतिऔंस ४ हजार ८ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बजारमा मूल्य घटेसँगै उपभोक्ता र व्यवसायी दुवैले मूल्यको आगामी दिशातर्फ चासो दिएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin