भोटेकोशी–त्रिशूली बाढीमा ९८७ जनाको शव फेला, ३ हजार ९१६ अझै सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीमा परी अहिलेसम्म ९८७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना रहेका छन्।

यस्तै, रसुवामा करिब ८६५, नुवाकोटमा १ हजार ५५८, जलविद्युत् आयोजनामा कार्यरत ६३९ जना तथा ५८३ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

विदेशी पर्यटकसँगै घुम्न गएका १६४ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन छन्।

बाढीमा परी २७९ जना घाइते भएका छन्। सरकारले हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरेको जनाएको छ।

उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री वितरण भइरहेको छ भने फेला परेका शवको पहिचान तथा व्यवस्थापनको काम पनि जारी रहेको प्राधिकरणले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin