चीनले इरानलाई अमेरिकी बेसका स्याटलाइट तस्बिर दिएको दाबी

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले चीनले इरानलाई अमेरिकी सैन्य बेसलाई निशाना बनाउन उच्च गुणस्तरका स्याटलाइट तस्बिर उपलब्ध गराएको दाबी गरेको छ।

अमेरिकी अधिकारीहरूका अनुसार जोर्डनमा रहेको अमेरिकी सैन्य बेसमा जुलाई १७ मा भएको आक्रमणअघि र पछि इरानले चिनियाँ निकायबाट त्यस्ता तस्बिर प्राप्त गरेको थियो। उक्त आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो।

जर्नलका अनुसार यो घटनाले चीनले इरानलाई गरेको सहयोगका कारण अमेरिकी सेनामा मानवीय क्षति भएको अहिलेसम्मकै स्पष्ट प्रमाण प्रस्तुत गरेको छ। तर अमेरिकी अधिकारीहरूले तस्बिर उपलब्ध गराउने चिनियाँ निकायको नाम भने खुलाएका छैनन्।

अमेरिकी अधिकारीहरूले यस विषयमा चिनियाँ समकक्षीसँग कुरा गरे पनि चीनले आरोप अस्वीकार गर्दै प्रमाण मागेको बताइएको छ। चीनले आफ्ना कम्पनीहरू इरानलाई सैन्य सहयोगमा संलग्न रहेको आरोप यसअघि पनि अस्वीकार गर्दै आएको छ।

यो विषयले चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सेप्टेम्बर २४ मा हुने तय भएको वार्तामा थप तनाव सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin