बारम्बार हुने विद्युत् ट्रिपिङ नियन्त्रण गर्न ऊर्जा मन्त्रालयको विशेष अभियान

काठमाडौं, २४ असार — वर्षायाममा पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सञ्चालन गरेको छ।

मन्त्रालयले मनसुनका कारण उत्पन्न हुने विद्युत् आपूर्तिसम्बन्धी समस्यालाई उच्च प्राथमिकतामा राख्दै सेवा नियमित र भरपर्दो बनाउन अभियान सुरु गरेको जनाएको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार विद्युत् आपूर्तिमा समस्या वा गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति र उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ।

मन्त्रालयले मनसुनका कारण हुन सक्ने सम्भावित अवरोधको पूर्वपहिचान गर्दै विद्युत् सेवा निरन्तर र प्रभावकारी बनाउन थप सक्रियता अपनाएको जनाएको छ।

विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin