ईपीएस कोरियाको रोस्टर म्याद सकिँदै: १२ हजार नेपालीको भविष्य अन्योलमा !

काठमाडौँ — दक्षिण कोरिया जानका लागि इपीएस (EPS) भाषा र सीप परीक्षा उत्तीर्ण गरी ‘रोस्टर’मा नाम चढेका करिब १२ हजार नेपाली युवाहरूको भविष्य संकटमा परेको छ। दुई वर्षसम्म रोस्टरमा रहेर पनि रोजगारीका लागि छनोट नभएपछि आगामी दुई महिनाभित्र उनीहरूको म्याद स्वतः समाप्त हुँदैछ। यो म्याद थप नभएमा वर्षौँको मेहेनत र लाखौँको लगानी बालुवामा पानी हुने भन्दै पीडित युवाहरूले तत्काल सरकारको ध्यानाकर्षण गराएका छन्।

इपीएस कार्यालयमा धर्ना: “हाम्रो पालो कहिले?”

कोरिया जान ठिक्क परेका कृषि, उत्पादन र पानीजहाज निर्माण (शिप बिल्डिङ) क्षेत्रका युवाहरू अहिले म्याद थपको माग गर्दै आन्दोलित भएका छन्। विभागले रोजगारदातालाई समयमै विवरण नपठाउँदा र प्रक्रियामा ढिलाइ गर्दा आफूहरू मारमा परेको उनीहरूको आरोप छ। आफ्नो नाम रोस्टरबाट हट्ने डरले यतिबेला ग्वार्कोस्थित इपीएस कार्यालयमा युवाहरूको दैनिक धर्ना र विरोध प्रदर्शन चल्ने गरेको छ।

लामो समयको प्रतीक्षा र कडा प्रतिस्पर्धापछि भाषा परीक्षा पास गरेका यी युवाहरूका परिवारमा अहिले रुवाबासी चलेको छ। वैदेशिक रोजगारीको अन्तिम तयारीमा रहेका धेरैले घरखर्च चलाउन ऋण लिएको र कतिपयले भइरहेको जागिर समेत छाडिसकेकाले अब के गर्ने भन्ने चिन्ताले सताएको छ।

नेपाल सरकार र वैदेशिक रोजगार विभागले दक्षिण कोरियाली पक्षसँग समन्वय गरेर रोस्टरको म्याद थप नगरेमा १२ हजार युवाहरूको कोरिया सपना सधैँका लागि अन्त्य हुन सक्छ। यस विषयमा आधिकारिक निकायबाट ठोस निर्णय नआउँदा युवाहरू थप आक्रोसित बनेका छन्।

💡 Bichardhara Fact Time

Tags:

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card