काठमाडौं — आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी जेठ १५ गते प्रस्तुत गर्ने बजेटका लागि राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उत्तर खत्रीलाई समितिको संयोजक तोकिएको छ।
समितिले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने, आयोजना तथा कार्यक्रमको प्राथमिकता निर्धारणमा सहयोग गर्ने तथा संसदमा पेस गरिने विनियोजन विधेयकको मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ। साथै, बजेटको समग्र मस्यौदा तयार गरी पेश गर्ने काम पनि यही समितिले सम्हाल्नेछ।
समितिमा अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न महाशाखाका प्रमुखहरू सदस्यका रूपमा रहेका छन्। सदस्यहरूमा सहसचिवहरू सुमन दाहाल, धानिराम शर्मा, महेश भट्टाराई र शिवनन्द पोखरेल छन्।
यसैबीच, राष्ट्रिय योजना आयोग ले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तय गरेको छ।



