साउनमा ४० लाख सिलिन्डरभन्दा बढी ग्यास आयात तथा बिक्री

काठमाडौं । नेपाल आयल निगमका अनुसार गत साउन महिनामा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बराबर खाना पकाउने ग्यास आयात तथा बिक्री भएको छ।

निगमले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ५७ हजार ३१६ टन ग्यास आयात तथा बिक्री भएको हो। यो परिमाण ४० लाख ३६ हजार ३६४ सिलिन्डर बराबर रहेको निगमले जनाएको छ।

असारमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। यस हिसाबले असारको तुलनामा साउनमा करिब ९ लाख सिलिन्डर बढी ग्यास बिक्री भएको देखिन्छ।

निगमका अनुसार चैत २०८२ मा २७ लाख ३२ हजार ३५५ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। त्यसपछि वैशाखमा घटेर २२ लाख ५७ हजार ४९६ र जेठमा २३ लाख १२ हजार ८३७ सिलिन्डरमा सीमित भएको थियो।

तर त्यसपछि ग्यासको माग निरन्तर बढ्दै गएको निगमको तथ्यांकले देखाएको छ। असारमा बिक्री ३१ लाखभन्दा बढी सिलिन्डर पुगेकोमा साउनमा ४० लाखभन्दा बढी पुगेको हो।

निगमले आगामी दिनमा ग्यास आयात अझै बढ्ने जनाएको छ। पर्याप्त आपूर्ति हुने भएकाले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले आग्रह गरेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin