काठमाडौंमा ग्यास अभाव झन् बढ्यो, डिलरमा उपभोक्ताको भीड

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग आठ दिनदेखि अवरुद्ध छ।

धादिङको कृष्णभीरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ। सडकमा अत्यावश्यक सामग्री बोकेका सवारीसाधन रोकिँदा बजारमा आपूर्ति प्रभावित भएको हो।

विशेषगरी खाना पकाउने ग्यासको अभाव थप चुलिएको छ। काठमाडौं र आसपासका क्षेत्रमा रिफिलका लागि आउने ग्यास बुलेटसमेत सडक अवरोधका कारण आउन सकेका छैनन्। ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढेको छ भने नयाँसडकस्थित धर्मपथ क्षेत्रमा समेत ग्यास लिन सर्वसाधारण लाइनमा बस्न थालेका छन्।

ग्यासको मूल्य बढ्नुका साथै मागसमेत बढेको अवस्थामा उपभोक्ता बढी मूल्य तिर्न तयार हुँदासमेत सहज रूपमा ग्यास पाउने अवस्था छैन। कतिपय उपभोक्ता मध्यरातदेखि नै ग्यासका लागि लाइनमा बस्न बाध्य भएका छन्।

ग्यास अभाव काठमाडौंमा मात्र सीमित छैन। देशका प्रमुख सहरका डिलरमा समेत उपभोक्ताको लाइन घटेको छैन। पछिल्लो दुई महिनादेखि ग्यास अभावका कारण चोक–चोकमा लामो लाइन देखिँदै आएको छ।

राजमार्ग खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। तर सडक तत्काल सञ्चालनमा आउन नसके काठमाडौं उपत्यकामा ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा थप समस्या हुनसक्ने जोखिम छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin