काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गर्दै कीर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीलाई लक्षित गरी खाना पकाउने ग्यास वितरण गर्न निर्देशन दिएकी छन्।
शनिबार डिपोको अनुगमनका क्रममा मन्त्री यादवले कीर्तिपुर शैक्षिक केन्द्र भएकाले ठूलो संख्यामा विद्यार्थी डेरा गरी बस्ने भन्दै उनीहरूलाई ग्यासको अभाव हुन नदिन सबै ग्यास वितरक कम्पनीलाई निर्देशन दिएकी हुन्।
ग्यासको अभावबारे उपभोक्ताबाट आएका गुनासा तथा बजारको वास्तविक अवस्था बुझ्न मन्त्री यादव आफैँ डिपोमा पुगेकी उनको सचिवालयले जनाएको छ।
अनुगमनका क्रममा उनले ग्यास वितरणमा विद्यार्थी तथा अन्य उपभोक्तालाई प्राथमिकताका साथ सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित व्यवसायीलाई सचेत गराएकी छन्।



