सुनको भाउ ३ हजार रुपैयाँले घट्यो, चाँदी पनि घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ३ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin