२६ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५५ रुपैयाँ घटेको छ। बिहीबार ४ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सय रुपैयाँमा झरेको छ।



