काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ घटेको छ। शुक्रबार ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार १ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



