नेपाली बजारमा सुन प्रतितोला ४ हजार ५ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तो

काठमाडौं– नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। अघिल्लो दिन पनि घटेको सुनको मूल्य मंगलबार थप प्रतितोला ४ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सोमबार पनि सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको थियो।

चाँदीको मूल्य पनि मंगलबार घटेको छ। सोमबार प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा भने मंगलबार सुन प्रतिऔंस ३ हजार ९ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin