सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ घटेर २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार ५ सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सोमबार सुन प्रतिऔंस ४ हजार १ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin