सुनको भाउ फेरि बढ्यो, प्रतितोला ३ लाख ६ हजार ८ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार मात्रै सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको थियो। पछिल्लो वृद्धिसँगै सुनको भाउ लगातार उकालो लागेको छ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेको छ। आइतबार ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ३ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin