सुनको भाउ एकैदिन ९ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्यमा आइतबार ठूलो गिरावट आएको छ। सुनको भाउ एकैदिन प्रतितोला ९ हजार ५०० रुपैयाँ घटेको छ भने चाँदी १८५ रुपैयाँ सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँ थियो।

यसअघि शुक्रबार पनि सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँ घटेको थियो। पछिल्लो दुई कारोबार दिनमा मात्रै सुनको भाउ प्रतितोला ११ हजार ९०० रुपैयाँले घटेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ७८० रुपैयाँमा झरेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ४५४ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।

मूल्यमा भएको परिवर्तन

धातुअघिल्लो मूल्यआजको मूल्यगिरावट
सुनरु. ३,१८,५००रु. ३,०९,०००रु. ९,५००
चाँदीरु. ४,९६५रु. ४,७८०

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin