सुनको मूल्य तोलामा २१ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin