नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामा १,४०० रुपैयाँ सस्तो

काठमाडौं, असार १५ — नेपाली बजारमा सोमबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १,४०० रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ। आइतबार प्रतितोला ४,३२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४,३१० रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा भने सोमबार सुनको मूल्य प्रतिऔंस ४,०५४ अमेरिकी डलर कायम रहेको बताइएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin