काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ। सोमबार बढेको सुनको भाउ मंगलबार प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ३ सय १० रुपैयाँमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ३५ रुपैयाँको गिरावट हो।
अन्तर्राष्ट्रिय बजारमा भने मंगलबार सुन प्रतिऔंस ४ हजार ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
मुख्य बुँदाहरू
- सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँ घट्यो।
- मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार।
- सोमबार सुनको मूल्य २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो।
- चाँदीको मूल्य प्रतितोला १ सय ३५ रुपैयाँ घट्यो।
- मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार।
- अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


