सुनको मूल्य एकैदिन ५ हजार ४ सय रुपैयाँ बढ्यो, प्रतितोला २ लाख ९१ हजार पुग्यो

काठमाडौं — नेपाली बजारमा सुन–चाँदीको मूल्य बुधबार पनि बढेको छ। सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ८० रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा चाँदी १ सय १० रुपैयाँले बढेको हो।

मुख्य बुँदाहरू:

  • सुनको मूल्य बुधबार ५ हजार ४ सय रुपैयाँले वृद्धि
  • सुनको नयाँ मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ
  • मंगलबार सुन २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
  • चाँदीको मूल्य १ सय १० रुपैयाँ बढेर ४ हजार ४ सय ८० रुपैयाँ पुगेको।
  • अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin