एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको भाउ, प्रतितोला ३ लाख १३ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ थियो। यससँगै एकैदिन सुनको मूल्य ९ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो।

यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला २ सय ६० रुपैयाँले बढेको छ। बुधबार ४ हजार ५ सय ९५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ८ सय ५५ रुपैयाँ प्रतितोलामा पुगेको महासंघले जनाएको छ।

सुनको मूल्य पछिल्लो समय लगातार उच्च उतारचढावमा देखिएको छ। उपलब्ध मूल्य विवरणअनुसार एक साताअघि अर्थात् भदौ २ गते सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आजको मूल्य त्यसको तुलनामा ७ हजार २ सय रुपैयाँ बढी हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैबीच, बिहीबारको वृद्धिपछि चालु साता सुनको मूल्य हालसम्म प्रतितोला ११ हजार ८ सय रुपैयाँले बढिसकेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin