काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँ बढेर २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ। मंगलबार ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार १ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



