सुनको भाउमा ऐतिहासिक उछाल: एकैदिन तोलामा १४ हजार ६०० ले बढ्यो!

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै एकैदिन प्रतितोला १४ हजार ६०० रुपैयाँको भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च वृद्धि हो।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि तोलामा ४ सय १५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव

सुनचाँदीको यो अप्रत्याशित मूल्य वृद्धिमा अन्तर्राष्ट्रिय बजारको सीधा प्रभाव देखिएको छ। विश्व बजारमा आज प्रतिऔँस सुनको मूल्य ४ हजार ६०० अमेरिकी डलर पुगेको छ भने चाँदी ७४ डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व अर्थतन्त्रमा देखिएका उतारचढाव र डलरको मजबुतीका कारण बहुमूल्य धातुको मूल्यमा यस्तो ठूलो फेरबदल आएको हो। नेपाली बजारमा सुनको भाउ लगातार बढ्दै जाँदा आम उपभोक्ता र व्यवसायीहरूमा भने अन्योल बढेको देखिन्छ।

💡 Bichardhara Fact Time

Tags:

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin