नेपाली बजारमा सुनको मूल्य एकैदिन ४ हजार ६ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि बिहीबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ६ सय ६० रुपैयाँमा झरेको छ।

यो अघिल्लो दिनको तुलनामा प्रतितोला ९० रुपैयाँको गिरावट हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार ३ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin