नेपाली बजारमा सोमबार सुन–चाँदीको भाउ घटेको छ।

आइतबार प्रतितोला पाँच हजार रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार पाँच सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला चार हजार सात सय २० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला चार हजार सात सय रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस चार हजार चार सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin