काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिन सुनको मूल्यमा ठूलो उछाल आएपछि आज पनि मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँ बढी हो। बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ। बिहीबार प्रतितोला ४ हजार ५ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय ८० रुपैयाँ पुगेको छ। अर्थात् चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार २ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।


