काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ।
शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि शुक्रबार पनि सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ।
यससँगै पछिल्लो समय सुन–चाँदी दुवैको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।


