काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ।
सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य ६ हजार ४ सय रुपैयाँ बढेको हो।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १ सय १० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


