सुनको भाउ फेरि उकालो, प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ पुग्यो

नेपाली बजारमा शुक्रबार पनि सुन र चाँदीको मूल्य बढेको छ। बिहीबार एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार थप ३ हजार ३ सय रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि प्रतितोला १ सय ३० रुपैयाँ बढेर ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ।

बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ र चाँदी ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin