काठमाडौं । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ५ सय रुपैयाँ बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ७ सय ९० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय २९ अमेरिकी डलर मा कारोबार भइरहेको छ।


