सुनको भाउ ३ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य ३ लाख २ हजार ४ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ४१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin