काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुन तथा चाँदीको भाउ सामान्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले वृद्धि हुँदै तीन लाख दुई हजार आठ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो, जहाँ प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको थियो। त्यसको तुलनामा आजको वृद्धि भने सामान्य देखिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। बुधबार प्रतितोला पाँच हजार दुई सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार दुई सय ५० रुपैयाँ पुगेको छ। यस अनुसार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले वृद्धि भएको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च दरमा कारोबार भइरहेको छ। आज सुन प्रतिऔंस चार हजार आठ सय ३४ अमेरिकी डलरमा किनबेच भइरहेको छ, जसको प्रभाव नेपाली बजारमा समेत देखिएको जानकारहरू बताउँछन्।



