काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ।
बिहीबार प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार भने दुई हजार सात सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय १० रुपैयाँ पुगेको छ।
यो अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रुपैयाँको वृद्धि हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार एक सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



